सप्ताहन्त बक्सअफिस : ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’

0

समिक्षा राम्रो पाएका ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ले पहिलो सप्ताहन्त सन्तोषजनक कमाइ गरे । तर, सोमबारदेखि सुरु विकडेज अकुपेन्सी पनि खस्किएको छ ।

प्रदीप भट्टराई निर्देशित ‘जात्रै जात्रा’ले शुक्रबार र शनिबार १ करोड २५ लाख ग्रस कमायो । आइतबार झन्डै ३० लाख ग्रस कमाइ छ । जात्रै जात्राको तीनदिने कूल कमाइ १ करोड ५५ लाख ग्रस हुन आउँछ ।

वीर विक्रम २ ले सुरुआती दुई दिनमा झन्डै ७० लाख ग्रस कमायो । आइतबार केही ड्रप देखिएको छ । उक्त दिनमा मिलन चाम्स निर्देशित फिल्मले १८ लाख ग्रस अलनेपाल कमाइ गरेको छ । फिल्मको कूल ग्रस कमाइ ८८ लाख हुन आउँछ ।

शनिबार दुबैको कमाइमा उछाल थियो । वीर विक्रम २ ले एकल र जात्रै जात्राले मल्टिप्लेक्समा राम्रै कमाइ गरे । तर, विकडेज यी दुबैको वास्तविक सशक्ततामा निर्भर हुनेछ ।

Share.

About Author

Leave A Reply