दीपक मनाङे पुनः फिल्म निर्माणमा, सौगात-सृष्टिलाई लिएर मुहूर्त

0

फिल्म ‘पोई पर्‍यो काले’ मुहूर्त गरिएको छ । सोमबार राजधानीमा आयोजित समारोहमा फिल्म मुहूर्त गरिएको हो । शिशिर राणाको निर्देशनमा बन्ने फिल्ममा दीपक मनाङे निर्माता छन । चाँडै नै फ्लोरमा जाने भनिएको फिल्म तिहारको छेको पारेर हलमा ल्याउने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृस्‍टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर, राजाराम पौडेललगायतका कलाकारको मुख्य अभिनय रहने छ ।

Share.

About Author

Leave A Reply