दयाहाङले ल्याए आप्पा ‘स्टोरी च्यालेन्ज’

0

दयाहाङ राई पछिल्लो समय लयमा छन् । उनी अभिनित ‘आप्पा’ रिलिज तयारीमा छ । असार १३ को रिलिज काउन्ट डाउन सुरु भएसँगै फिल्म निर्माताले नौलो प्रचार काइदा ल्याएका छन् ।

जसको नाम दिइएको छ : आप्पा स्टोरी च्यालेन्ज । फिल्मको कथावस्तु पनि बाबु–छोराबीचको सम्बन्धमा आधारित छ । इच्छुक प्रतियोगीले बाबु–छोराबीचको स्टोरी लेखेर निर्मातालाई पठाउनुपर्नेछ । उत्कृष्ट स्टोरीलाई पुरस्कृत गरिने भएको छ ।

‘आप्पा स्टोरी च्यालेन्ज’मा दुई माध्यमबाट सहभागिता जनाउन सकिनेछ । फोटोस्टोरी च्यालेन्जमा भाग लिन चाहनेले बुवासँगको फोटो वा बुवाको मात्र फोटोमा क्याप्सन दिँदै ‘आप्पा’लाई भन्न मनलागेको कुरा लेख्नुपर्नेछ । पोस्टलाई ‘आप्पा नेपाली मुभी’को फेसबुक वा इन्स्टाग्रामको अफिसियल पेजमा ट्याग गर्नुपर्नेछ । उक्त पोस्ट ३ जना साथिलाई ट्याग गरेर च्यालेन्जको लागि आग्रह पनि गर्नुपर्नेछ ।

भिडियो स्टोरीमार्फत सहभागिता जनाउन चाहनेले पनि फोटो च्यालेन्जमा जस्तै बुवा (आप्पा)सँगको भिडियो अपलोड गरेर ‘आप्पा’लाई भन्न मन लागेको कुरा प्रष्फुटन गर्नुपर्नेछ । फोटोमा जस्तै ३ जना साथि र ‘आप्पा’ सिनेमाको फेसबुक र इन्स्टाग्राममा भिडियो ट्याग गरेर ‘आप्पा स्टोरी च्यालेन्ज’को बारेमा बताउनु पर्नेछ ।

च्यालेन्जमा सहभागी मध्ये जसको स्टोरी प्रेरणादायि हुन्छ, त्यसलाई विजेता घोषित गरिनेछ । फोटोस्टोरीको विजेताले २५ हजार नगद र ‘आप्पा’ प्रिमियरको २ टिकट प्राप्त गर्नेछन् । भिडियो स्टोरीतर्फको उत्कृष्ट एक जनाले ५० हजार नगद र प्रिमियरको दुई ओटा टिकट जित्नेछन् । इच्छुकले असार ६ गते भित्र च्यालेन्जमा सहभागिता जनाइसक्नु पर्नेछ ।

अनमोल गुरुङ निर्देशित सिनेमामा सिद्दार्थराज तामाङले दयाहाङको छोराको भूमिका निर्वाह गरेका छन् । माउन्टेन स्टोरिज र सिनेमा आर्टको व्यानरमा निर्मित सिनेमामा तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा, सम्राट विश्वास र रिंकीको अभिनय छ ।

Share.

About Author

Leave A Reply