प्रियंका कार्कीले कान्समा भेटिन आइरन-म्यान !

0

फ्रान्सको कान्स सहर पुगेकी नेपाली अभिनेत्री प्रियंका कार्कीले सोमबार आयोजित एक जमघटमा हलिउड अभिनेता रोबर्ट डाउने जुनियरलाई भेटेकी छन् ।

उनले त्यहाँबाट प्रेषित गरेका तस्विरमा अन्य विश्व सेलिव्रेटीलाई पनि भेटेको उल्लेख छ । इजिप्टकी रानी समेत सहभागि उक्त वल्र्ड पिस नाइट नामक जमघटलाई ज्याक्स फाउन्डेसनले आयोजना गरेको थियो ।

कान्स रेडकार्पेटमा हिँड्ने भन्दै प्रियंका सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् । आगामी मे २५ तारिखसम्म चल्ने कान्समा सोमबार नेपाली फिल्म काङलिङ प्रिमियर भएको थियो ।

Share.

About Author

Leave A Reply