कान्समा भामको फिल्मले जित्यो ६० हजार डलर

0

निर्देशक मीनबहादुर भामको नयाँ फिल्म ‘एउटा चिसो वर्ष’ले जारी कान्स फिल्म फेस्टिभलमा ६६ लाख ८४ हजार रुपैयाँ (६० हजार अमेरिकी डलर) राशीको सरफन्ड जितेको छ ।

विश्वभरबाट प्राप्त ५२ फिल्ममध्ये सरफन्डले ६ फिल्मलाई छनौट गरेको हो जसमा चारवटा आख्यान र दुई वृत्तचित्र छन् । भामको सुनी फिल्मस र नर्वेली भेरोना मियर एवं एपी बेजोर्न एसको संयुक्त निर्माणमा फिल्म बन्न लागेको हो ।

फेस्टिभल अवार्डको क्रममा फन्ड घोषणा गरिएको हो । हराएका पति खोज्न निस्किएकी गर्भवती पेमा र बौद्ध भिक्षु कर्म हिमालयमा पुग्दा उनीहरुको जीवनमा आउने परिवर्तन फिल्मको कथावस्तु हो ।

जुरीहरु भन्छन् : पितृसत्तात्मक समाजमा एउटी महिलाले आफ्नो पहिचान र खुशिका लागि गरेको सरल द्धन्द्ध हो फिल्म । मुख्य पात्रको यात्रामार्फत स्क्रिप्टले नेपालको दृश्य र धनी संस्कृतिलाई गजबले चित्रण गरेको छ । भामले यसअघि ‘कालोपोथी’ निर्माण गरेका थिए ।

भामको फिल्मसहित कान्समा अफगानिस्तानको ‘द पोस्टम्यान’, चीनको ‘द स्ट्रेन्जर’, इजिप्टको ‘एज आइ वान्ट’, दक्षिण अफ्रिकाको ‘हाउ टु स्टिल अ कन्ट्री’ र जर्जियाको ‘भेनिस’ समेत फन्ड जितेका छन् । ओस्लो फेस्टिभल एन्जेसी र नर्वेको परराष्ट्र मन्त्रालयसँग मिलेर नर्वेजियन फिल्म इन्स्टिच्युटले फन्ड प्रदान गर्छ ।

Share.

About Author

Leave A Reply