नेपाल र रुसबीच फिल्म फेस्टिभल सम्झौतामा हस्ताक्षर

0

नेपालका र रुसका दुई ठूला फिल्म फेस्टिभलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालको मानवअधिकार फिल्म फेस्टिभल र रुसको कजान फेस्टिभलले हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा फिल्म फेस्टिभल आयोजना र प्रदर्शनमा सहयोगसहित समझदारीका बुँदा छन् । नेपालतर्फबाट फेस्टिभल प्रमुख अरुणोदव जोशी र कजानतर्फबाट मिल्युसा इटुगानोभाले हस्ताक्षर गरे ।

दुबै पक्षले दुई देशबीच फिल्म फेस्टिभलमार्फत सांस्कृतिक आदानप्रदानको समझदारी पनि गरेका छन् । पछिल्लो समय नेपालमा हुने फेस्टिभलमा रसियाली फिल्मले पनि उत्साहजनक उपस्थिती जनाउन थालेका छन् ।

Share.

About Author

Leave A Reply