फिल्म ‘कीर्तिपुर’ रिलिज डेट घोषणा

0

पेरियोडिक ड्रामा फिल्म ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’को रिलिज डेट घोषणा भएको छ । आगामी असार १३ गते रिच इन्टरटेनमेन्टले फिल्मलाई देशभर प्रदर्शन गर्न लागेको हो ।

प्रदीप खड्गी निर्देशित फिल्मले रानी कीर्तिलक्ष्मीको सौर्य र साहसको कथा पेश गर्छ । नारीप्रधान र आवधिक ड्रामा दुबै जनरमा यसलाई राख्न सकिन्छ । पृथ्वीनारायण शाहले उपत्यका जित्नुअघिको कथालाई प्रस्तुत गरिएको जनाइएको छ ।

यशराज गाराच, मदनदास श्रेष्ठ, लक्ष्मी गिरी, हिसिला महर्जन, विनोद श्रेष्ठ, सुरविर पण्डित मुख्य भूमिकामा छन् । फिल्म निर्माण भएको लामो समय बित्दा पनि रिलिजको टुंगो लाग्न सकेको थिएन ।

बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा फिल्म आधारित रहेको जनाइएको छ । वीरेन्द्र ताम्राकार, प्रेम खड्गी र अनन्त श्रेष्ठले मिलेर फिल्म निर्माण गरेका हुन् ।

Share.

About Author

Leave A Reply