आयुष्मान र परमिताबीच ब्रेकअप, यस्तो छ कारण

0

प्रशंसकका लागि दुःखद खबर ! तन्नेरीमाझ रुचाइएको आयुष्मान जोशी र परमिता राणाबीच ब्रेकअप भएको छ । वर्षौं लामो प्रेम सम्बन्धमा बाँधिएको यो जोडी दुई साताअघि अलग भएको हो ।

परमिताले मूभिमान्डुसँग ब्रेकअपको पुष्टि गरिन् । ‘हामी दुबैजनाले सम्बन्धलाई रोकेर करियरलाई अघि बढाउने निधो गरेका छौं’ परमिताले भनिन्, ‘दुई वा तीन साता भयो हामीबीच सम्पर्क छैन ।’

आफूहरु दुबैजना महत्वाकाङ्क्षी भएकाले पनि सम्बन्ध टिकाउ नभएको धारणा परमिताको छ । ‘अब म बलियो मन लिएर पूर्णरुपमा करियर र अध्ययनमा केन्द्रित हुन चाहन्छु’ परमिताले भनिन् ।

मोडलिङ हुँदै सिनेमा अभिनयसम्म आइपुगेको यो जोडी तन्नेरी पुस्तामाझ उदाहरणीय थियो । दुबैले पछिल्लोपटक ‘चपली हाइट २’ मा अभिनय समेत गरेका थिए । यसबारे आयुष्मानसँग बुझ्न खोज्दा उनी उपलब्ध भएनन् ।

Share.

About Author

Leave A Reply