बजेटमार्फत ‘छायांकनलाई नेपाल कार्यक्रम’ घोषणा, आउलान् हलिउड र बलिउड ?

0

सरकारले आव २०७६/०७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट विनियोजन गरेको छ । संसदमा अर्थमन्त्री युवराज खतिवडाले वितरणमुखी बजेट सार्वजनिक गरे ।

बजेटमा यसपटक ‘छायांकनका लागि नेपाल कार्यक्रम’को घोषणा गरिएको छ । आगामी वर्षदेखि कार्यक्रम सुरु हुने जनाइएको छ । कार्यक्रममार्फत नेपाललाई विदेशी फिल्म छायांकनको गन्तव्यको रुपमा चिनाउने सरकारी योजना छ ।

काठमाडौं उपत्यकामा अत्याधुनिक सुविधासम्पन्न फिल्म स्टुडियो निर्माण कार्य सुरु गरिने समेत भनिएको छ । तर, यस कुराको कार्यान्वयनमा भने शंका छ । लगातार चार आर्थिक वर्षको बजेटमा स्टुडियोलाई सम्बोधन गरिएपनि अहिलेसम्म यसले मूर्तरुप पाएको छैन । श्रमजीवि चलचित्रकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने समेत सरकारले घोषणा गरेको छ ।

Share.

About Author

Leave A Reply