‘एभेन्जर्स’पछि काठमाण्डूमा ‘एक्स-मेन’ प्रिमियर गर्दै मार्भल

0

पछिल्लो समय नेपाल प्रिमियरमा हलिउड रुचि बढ्न थालेको छ । गत महिना ‘एभेन्जर्स : इन्ड गेम’ प्रिमियर भव्य भयो । नेपालमा यसको कमाइमा सुनामी नै आयो ।

मार्भलको नयाँ फिल्म ‘एक्स मेन : डार्क फिनिक्स’को प्रिमियर समेत काठमाण्डू हुने भएको छ । एप्पल इन्टरटेनमेन्टका अनुसार फ्यान स्क्रिनिङ शैलीमा फिल्मको प्रथम प्रदर्शनी गर्न लागिएको हो ।

एक्समेन सिरिजको अन्तिम श्रृंखला भएकाले पनि डार्क फिनिक्सलाई दर्शकले महत्वका साथ लिएका छन् । यसैवर्ष डिज्ने र फक्स मर्जरले गर्दा डार्क फिनिक्स एक्स मेनको अन्तिम सिरिज बन्न लागेको हो ।

७ जुनमा फिल्म नेपाल रिलिज हुनेछ । सिमोन किनबर्ग निर्देशित फिल्ममा सोफी टर्नर, जेनिफर लरेन्स, निकोलस हल्ट, जेम्स म्याकभी लगायतको महत्वपूर्ण भूमिका छ ।

Share.

About Author

Leave A Reply