दयाहाङ स्टारर ‘आप्पा’ ट्रेलर लन्च

0

दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ ट्रेलर रिलिज भएको छ । काठमाण्डूमा विहिबार आयोजित प्रेसमिटमा ट्रेलर लन्च गरियो ।

१३ असारमा रिलिज हुने फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । सिद्धार्थराज तामाङ, एलोना कबु लेप्चा, तुलसी घिमिरे र अरुणा कार्की मुख्य भूमिकामा छन् ।

भारतको सिक्किम र दार्जिलिङ लगायतका थलोमा फिल्मांकन गरिएको छ । बाबु र छोराको सम्बन्धमाथि फिल्मले कथा भन्छ । माउन्टेन स्टोरिज इन्टरटेनमेन्टले फिल्म निर्माण गरेको हो ।

Share.

About Author

Leave A Reply