प्रदेश २ मा ‘इ-टिकेटिङ’ लागु, देशभर साउनभित्र

0

सरकारले मोफसलमा फिल्मको हिसाब हेर्न मिल्ने विद्युतीय प्रणाली ‘इ–टिकेटिङ’ सुरु भएको जनाएको छ । संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सर्लाहीस्थित एक हलमा प्रणाली आरम्भ गरे ।

स्थानिय वीणा फिल्म हलमा फिल्मको विद्युतीय टिकट प्रिन्ट आउट गरेर बाँडिएको थियो । विभागिय मन्त्रीसहित चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई समेत उपस्थित रहे ।

शनिबारदेखि प्रदेश २ का १० हलमा सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम जडान भैसकेको छ । साउन १ गतेभित्र सात वटै प्रदेशमा प्रणाली जडान गर्ने अध्यक्ष भट्टराईले बताए । सरकारले चलनचल्तीको भाषामा इ–टिकेटिङलाई बक्सअफिस भन्ने गरेको छ ।

निर्माता र प्राविधिक संघका अध्यक्षद्धय उपस्थित हुँदा बक्सअफिस प्रणालीको विरोध गर्दै आएको प्रदर्शक संस्था चलचित्र संघका प्रतिनिधि भने सहभागि थिएनन् । यसलाई प्रदर्शक छाता संस्थाको असन्तुष्टिको रुपमा हेरिएको छ ।

काठमाडौंमा यसअघि लागु भैसकेको बक्सअफिस प्रणाली प्रभावकारी नभएको भन्दै विरोध भैरहेको छ । वितरक र प्रदर्शकले डाटा दिन आनकानी गरेपछि बक्सअफिसले डाटा कलेक्सनमा काम गर्न सकेको छैन ।

Share.

About Author

Leave A Reply