बक्सअफिस : ‘जात्रै जात्रा’को १४ दिने कमाइ

0

‘जात्रै जात्रा’ नेपाली मल्टिप्लेक्समा दोस्रो साता पनि सुखद देखिएको छ । फिल्मको फुटफल र अकुपेन्सी दोस्रो सातामा समेत स्थिर रह्यो । एकल पर्दामा भने कमाइ सन्तोषजनक छैन ।

फिल्मले १४ दिनमा देशव्यापी ५ करोड ७० लाख ग्रस कमाइ गरेको छ । यद्यपी, वितरकले ७ करोड दाबी गरिरहेका छन् । जुन प्रदर्शन, अकुपेन्सी र टिकट मूल्यको आधारमा सम्भव छैन । सिंगल स्क्रिनमा पनि चलेको भए भन्न सकिन्थ्यो ।

आगामी साता बलिउड फिल्म भारत र हलिउडको एक्स–मेन रिलिज हुने भएपछि जात्रै जात्रालाई चुनौति थपिनेछ । प्रदीप भट्टराई निर्देशित कमेडी ड्रामा बिपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई लगायत छन् ।

Share.

About Author

Leave A Reply