‘लुट २’ ले तीन सातामा कति कमायो ? (बक्सअफिस)

0

‘लुट २’ ले तेस्रो सातामा पनि आफूलाई बक्सअफिसमा स्थिर तुल्याएको छ । विश्वव्यापी सुखद प्रदर्शन गरिरहेको सिनेमा अहिले पनि नेपाली मल्टिप्लेक्स र एकल पर्दामा प्रदर्शनरत छ ।

२१ दिनमा सिनेमाले ७ करोड ८५ लाख ग्रस कमाएको छ । बीसभन्दा बढी पर्दाबाट दयाहाङ र सौगात मल्ल स्टारर फिल्मले उक्त कमाइ गरेको हो । पहिलो भागको तुलनामा उति वर्ड अफ माउथ प्राप्त नगरेपनि यसले लगानी सजिलै उठायो ।

हलिउड र बलिउडका ठूला रिलिज भएपनि लुट २ को प्रदर्शनमा खासै असर पुगेन । यद्यपी, अघिल्लो साताको लोगन र यससाताको कङ : स्कुल आइल्यान्डले केही चुनौति सिर्जना अवश्य गरेका छन् । सिंगल स्क्रिनबाट फिल्म उत्रिइसकेको छ र मल्टिप्लेक्समा चलिरहेको छ ।

सिनेमा १३ फागुनमा रिलिज भएको थियो ।

Share.

About Author

Leave A Reply