‘बुलबुल’ फेम्ड मुकुन भुषाल ‘झिँगेदाउ’ हिरो, ज्ञानेन्द्र देउजा गर्दैछन् निर्माण-निर्देशन

0

चार वर्षे ग्यापपछि ज्ञानेन्द्र देउजा निर्देशनमा कमब्याक हुँदैछन् । उनी निर्देशित पछिल्लो फिल्म ‘बुद्ध बर्न इन नेपाल’ देशभक्ति कन्टेन्टमा थियो । पाका निर्देशक यसपटक भिन्न जनरमा काम गर्दैछन् ।

उनको नयाँ फिल्म हो : झिँगेदाउ । साहित्यकार भीमनीधि तिवारीको आख्यानमाथि बन्न लागेको फिल्मलाई एडप्टेड भन्न सकिन्छ । फिल्मका मुख्य कलाकारलाई लिएर कास्टिङ सुरु भएको छ ।

पुरुष मुख्य पात्रमा ‘बुलबुल’ फेम्ड मुकुन भुषाल अनुबन्धित भएका छन् । उनी त्यतिबेला चोपेन्द्र पात्रको रुपमा चर्चित थिए । हिरोइन चाँडै तय गरिने जानकारी देउजाले दिए ।

भदौदेखि फिल्मांकन सुरु हुँदैछ । सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा छायांकन हुनेछ । निर्माता कम्पनी कपन गढीले फिल्मको टाइटल लोगो रिलिज गरेको छ ।

विष्णु कल्पितको छायांकन, पासाङ टी शेर्पा कला निर्देशक, अर्जुन पोखरेलको संगीत र पटकथा एवं संवाद प्रदीप भारद्धाजको हुनेछ । निर्माता एवं निर्देशकको रुपमा स्वयम देउजा रहनेछन् ।

Share.

About Author

Leave A Reply