नम्रता श्रेष्ठ स्टारर ‘जाइरा’ टीजर रिलिज

0

नम्रता श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘जाइरा’ले टीजर ट्रेलर लन्च गरेको छ । बुधबार राजधानीमा कास्ट–क्रिउसहित प्रेसमिट आयोजना गरियो ।

तीस सेकेन्ड लामो ट्रेलरमा श्रेष्ठलाई लडाकु अवतारमा देख्न सकिन्छ । बक्सिङ, मार्सल आर्ट्स र कराँतेका स्वरुपलाई टीजरमा देख्न सकिन्छ । भदौ ६ गते रिलिज हुने फिल्मले पति हत्यारालाई बदला लिन एक महिलाले गरेको संघर्षको कथा पेश गर्छ ।

मूभिमान्डुसँग कुरा गर्दै पात्रमा डुब्नका लागि शारीरिक रुपान्तरणको काम गर्नु जरुरी रहेको बताइन् । निर्देशक आशुतोष राज श्रेष्ठले हलिउड फिल्म किलबिल पार्ट १ बाट फिल्म प्रभावित रहेको भन्ने आरोपको खण्डन गरे ।

उक्त भूमिकाका लागि आफूले नम्रतालाई फिट देखेको निर्देशकीय कथन छ । ‘सबैले उहाँलाई लभस्टोरी फिल्म सुहाउँछ भन्थे तर, मैले केही परिवर्तन गरेँ’ निर्देशक श्रेष्ठले भने । अनुपविक्रम शाही, प्रमोद अग्रहरि, रमनदास श्रेष्ठ, सृजना रेग्मी, सुजता श्रेष्ठ, सम्राट मगर लगायतको मुख्य भूमिका छ । हेर्नूस टीजर :

Share.

About Author

Leave A Reply