‘वीर विक्रम २’ रिभ्यू प्रकरणमा मिम नेपालका दुई पक्राउ

0

‘वीर विक्रम २’ समिक्षा प्रकरणमा युटयुव च्यानल मिम नेपालका दुईजना शुक्रबार पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त टेकुका अनुसार प्रमेश गौतम र आदर्श मित्र पक्राउ परेका हुन् ।

काठमाण्डौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । गौतमलाई प्रहरीले हिरासतमा राखेको छ भने मित्र साधारण तारेखमा रिहा भएका छन् ।

वीर विक्रम २ निर्माता एवं निर्देशक मिलन चाम्सले फिल्म र कलाकारको मानमर्दन हुने गरेर रिभ्यू गरेको भन्दै च्यानलविरुद्ध गतसाता प्रहरीमा उजुरी गरेका थिए । तर, तीनपुस्ते विवरण नपुगेको भन्दै अदालतले पक्राउ पूर्जी जारी गर्न ढिलाइ गरेको थियो ।

Share.

About Author

Leave A Reply