क्यूएफएक्सले रोक्यो एड्भान्स बुकिङ, ‘फेक बुकिङ’ बढेको निष्कर्ष

0

क्यूएफएक्स सिनेमाजले अनलाइनमार्फत हुने एड्भान्स बुकिङमा रोक लगाएको जनाएको छ । उसले ‘एभेन्जर्स : एन्डगेम’ पछाडि रिलिज हुने फिल्ममा वास्तविकभन्दा फेक बुकिङको प्रवृत्ति देखिएको निष्कर्ष समेत निकालेको छ ।

अब दर्शकले टिकट झ्यालमै पुगेर टिकट लिनुपर्नेछ नत्र अनलाइन पेमेन्ड पनि गर्न सकिनेछ । यो नियम चाहिँ ठूला र अपेक्षित फिल्ममा मात्र लागु हुने जनाइएको छ । ‘बुकिङ उच्च देखिने तर, दर्शक नआउने समस्या देखियो र बुकिङमा रोक लगाएका हौं’ क्यूएफएक्सले स्रोतले भन्यो ।

‘अनलाइन बुकिङ हुँदा सिट अकुपाइड मात्र गर्ने तर, दर्शक हलमा नआउने ट्रेन्ड बढेपछि यस्तो कदम चालेका हौं’ क्यूएफएक्सले भन्यो । ठूला फिल्मको बुकिङमा समेत फेक्ड पाइएको गुनासो पहिल्यैदेखि चल्दै आएको थियो ।

भारत र एक्स मेन : डार्क फिनिक्स बुकिङमा समेत रोक लगाइएको छ । अब, स्पाइडरम्यानका दर्शकले समेत हलमै टिकट काट्नुपर्नेछ । दशैंमा रिलिज हुने सबै फिल्मको एड्भान्स बुकिङ समेत रोकिने भएको छ ।

Share.

About Author

Leave A Reply