चाम्सको फिल्म छायांकनलाई अजरबैजानले सहयोग गर्ने

0

मिलन चाम्सले निर्देशन गर्ने आगामी फिल्म छायांकनमा पूर्वी युरोपेली मुलुक अजरबैजानले सहयोग गर्ने बचन दिएको छ । नेपाल मामिला समेत हेर्ने दिल्लीस्थित आवासिय राजदूत असरफ सिखालिएभ यसैसाता काठमाण्डूमा थिए जहाँ उनले चाम्ससँग भेट गरे ।

चाम्स निर्देशित हालैको फिल्म ‘वीर विक्रम २’मा समावेश र अजरवैजानमा छायांकन गरिएको गीत हेरेपछि राजदूत सिखालिएभ हर्षित थिए । उनले भेटको सुरुमै गीत हेरेपछि आफ्नो देशको पर्यटन मन्त्रालय खुशि भएको सन्देश समेत सुनाए ।

राजदूत असरफ सिखाएभ (दायाँ) र मिलन चाम्स बीचमा ।

‘अजरबैजानमा फिल्म सुटको लागि लाग्ने खर्च, कानुनी र अध्यागमन प्रक्रिया लगायतमा सहयोग गर्ने वचन राजदूतले दिनुभयो’ मूभिमान्डुसँग चाम्सले भने, ‘उक्त देशको पर्र्यटन मन्त्रालयले लिएको चासो र पहल निकै सह्रानिय छ । नेपाल सरकारका लागि समेत यो अनुकरणीय पक्ष हो ।’

टर्कीबाट अलग भएको सानो मुलुक अजरबैजानको आर्थिक उत्पादन पर्यटनमा आधारित छ । राजदूत सिखाएभका अनुसार यसैवर्ष बरुण धवन स्टारर ‘कुली नम्बर वान’ सिक्वेल पनि अजरबैजानमा छायांकन हुनेछ । यतिबेला निर्देशक चाम्स नयाँ फिल्म तयारीमा जुटेका छन् । मेगाप्रोजेक्ट ‘गोर्खा वारियर्स’ अगाडि उनलाई लभस्टोरी फिल्म बनाउनूछ ।

Share.

About Author

Leave A Reply