फोटो कथा : साम्राज्ञी-पुष्पको ‘मारुनी’ मादकता

0

भदौ १३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत मंगलबार सार्वजनिक हुँदैछ । तर, यो गीतलाई लिएर यसको निर्माणपक्ष उत्साहित छ ।

फस्टलुकबाट नै प्रशंसा पाइरहेको चलचित्र ‘मारुनी’लाई नवल नेपालले निर्देशन गरेका हुन् । निर्देशक नवल यो चलचित्रले दर्शकको मुटु छुने बताउँछन् ।

समावेश ‘जाम्न माया जाम’ बोलको गीतमा दिपक बज्रचार्यको स्वर छ । ‘मनमगन’ गीतपछि दिपकको क्रेज फेरि एकपटक चुलिएको छ । गायक बज्रचार्य ‘जाम्न माया जाम’ले दर्शकलाई फेरि एकपटक नचाउने बताउँछन् । भिडियोमा साम्राज्ञी शाह र पुष्प खड्काले नृत्य गरेका छन् ।

गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । निर्मात्री पूनम गौतम गीत सार्वजनिक भएसँगै दर्शकको उत्साह चलचित्रप्रति अझै बढ्ने बताउँछिन् । यो गीतले बजारमा राम्रो चर्चा पाएको खण्डमा चलचित्रको व्यापारलाई ठूलो फाइदा पुग्नेछ ।

Share.

About Author

Leave A Reply