नेपाली फिल्म-मेकर्सलाई एतिहाद उडानमा छुट

0

एतिहाद एयरलाइन्सले आफ्ना सबै अन्तराष्ट्रिय उडानमा नेपाली फिल्म–मेकर्जलाई २० प्रतिशत छुट दिने भएको छ । चलचित्र निर्देशक समाज र एयरलाइन्सको नेपाल कार्यालयबीच सोमबार यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भयो ।

समाज अध्यक्ष सुचित्रा श्रेष्ठ र एतिहाद एयरलाइन्सकी नेपाल म्यानेजर पावना श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरे । बिजनेस र इकोनोमी क्लास दुबै टिकटमा उक्त छुट दिने जनाइएको छ ।

छुट पाउनका लागि निर्देशक समाजको सिफारिस अनिवार्य गरिएको छ । एतिहाद ब्यवस्थापक श्रेष्ठले सम्झौतालाई महत्वपूर्ण बताइन् । अबुधाबी केन्द्र रहेर एतिहादले अहिले प्रत्येक साता संसारभर हजारभन्दा बढी उडान गर्दै आएको छ ।

Share.

About Author

Leave A Reply