नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ३४, अमेरिकादेखि ६ प्रतिस्पर्धी

0

मेरिल्यान्ड -असार १४ गतेदेखि सुरु हुने नेपाल–अमेरिका फिल्म फेस्टिभलमा यसपटक ६ अमेरिकी फिल्म समेत देखाइने भएको छ । मेरिल्यान्डमा आयोजित प्रेसमिटमा फेस्टिभलबारे जानकारी दिइयो ।

तीनदिने फेस्टिभलमा ३४ फिल्म देखाइनेछ । रेडकार्पेटसहित ‘बुलबुल’ प्रिमियर हुनेछ । फेस्टिभल जुरीमा मीनबहादुर भाम छन् र कि नोट स्पिचका लागि निर्देशक नवीन सुब्बा अमेरिका पुगेका छन् ।

नेपालसहित दक्षिण एसियाली र अमेरिकी फिल्म देखाइने नेपाल–अमेरिका फिल्म सोसाइटी अध्यक्ष एवं महोत्सव निर्देशक पूर्णसिंह बराइलीले जनाए । तेस्रो संस्करणको फेस्टिभलमा यसपटक विदेशी दर्शकलाई समेत सहभागि गराउने लक्ष्य छ ।

कथानक, वृत्तचित्र, छोटा फिल्म, एनिमेसन विधाका फिल्म देखाइने भएको छ । मानार्थ अध्यक्ष सुब्बाले यसपटकका फेस्टिभलले नेपाली समाजलाई जोड्ने बताए । उत्कृष्ट फिल्मलाई पुरस्कृत गरिने भएको छ ।

Share.

About Author

Leave A Reply