बिराटनगरमा फिल्म–मेकिङ कार्यशाला हुने, दीपक रौनियारले फिल्म सिकाउने

0

बिराटनगरमा एक साता लामो फिल्म–मेकिङ कार्यशाला आयोजना हुने भएको छ । नर्थ साउथ कलेक्टिभ्सले आयोजन गर्ने वर्कसपको विषय चाहिँ ‘काममा महिला’ हुनेछ ।

‘हाइवे’ ‏निर्देशक दीपक रौनियारले सहभागिलाई फिल्म निर्माणबारे प्रशिक्षण दिनेछन् । फिल्म लेखन र निर्माणमा रुचि भएकालाई लक्षित गर्दै कार्यशाला आयोजना गरिएको हो ।

प्राप्त निवेदनबाट १२ जनालाई वर्कसपमा सहभागि गराइने भएको छ । लेखन, क्यामेरा, भिजुअल क्राफ्ट, निर्देशन, ध्वनी र सम्पादन विधामा प्रशिक्षण दिइने भएको छ ।

इच्छुकले ७ जुलाईसम्म यस ठेगानामा ns.collectives@gmail.com निवेदन पठाउन सक्नेछन् । वर्कसपमा निर्देशक रौनियारसहित अभिनेत्री आशा मगराती, रिसर्चर भाष्कर गौतम, छायांकार ज्योति केशर सिंह लगायतले विविध विधामा प्रशिक्षण दिनेछन् ।

Share.

About Author

Leave A Reply