सन्नी लियोनी फिचर्ड नेपाली फिल्म ‘पासवर्ड’ गीत रिलिज

0

सन्नी लियोनी फिचर्ड नेपाली फिल्म ‘पासवर्ड’को गीत ‘आजको साम’ इन्टरनेट रिलिज भएको छ । यो आइटम नम्बरमा लियोनीलाई उत्तेजक र मादक अवतारमा देख्न सकिन्छ ।

अर्जुन पोखरेलद्धारा संगीतबद्ध गीतमा दुर्गा खरेलको स्वर समावेश छ । लियोनीसँगै फिल्मका अन्य मुख्य कलाकार गीतमा फिचर्ड छन् । गीत लन्डनमा सुट गरिएको हो ।

अनुपविक्रम शाही, बुद्धि तामाङ लगायतको अभिनय रहेको फिल्मले ‘पासवर्ड’ नामक एक मिसनको कथा भन्छ । अमित बस्नेत र हिरल जोशीको निर्माण रहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । भदौ २७ गते फिल्म रिलिज हुँदैछ । 

Share.

About Author

Leave A Reply