क्रिटिक्स फिल्म सोसाइटीले भन्यो : अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरौं, नकारात्मक टिप्पणी नगरौं

0

चलचित्र समिक्षक समाज नेपाल (फिक्सन)ले अभिव्यक्ति स्वतन्त्रता र आलोचनात्मक चेतनालाई सम्मान गर्न आग्रह गरेको छ । नेपाली फिल्म क्रिटिक्सको छाता संस्थाले फिल्म ‘वीर विक्रम २’ माथि मिम नेपाल नामक युटयुव च्यानलले भिडियो समिक्षा गरेपछि उत्पन्न परिस्थितीबारे आफ्नो धारणा व्यक्त गरेको हो ।

पाँच बुँदे विज्ञप्तीमा अभिव्यक्ति स्वतन्त्रता संवैधानिक हक भएकाले यसमाथि हुने आक्रमण सह्य नहुने उल्लेख छ । सार्वजनिक कला वा उत्पादनको आलोचना, समिक्षा वा टिप्पणीलाई अपराधको रुपमा चित्रण गरिनु राम्रो नभएको भन्दै फिक्सनले यसबारे मतभिन्नता हुनसक्ने औंल्याएको छ ।

विज्ञप्तीमा भनिएको छ : अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दा कसैको जाति, धर्म, वर्ण, लिंग, पहिरन तथा शारीरिक बनोट माथि नकारात्मक टिप्पणी मान्य छैन । मिम नेपालको भिडियोमा निकिता चाण्डक, अशोक दर्जी, सरिता राजभण्डारीबारे टिप्पणी गरेको पाइयो । हामी यसको समर्थन गर्दैनौं । र, यी विषयमा संवेदनशील हुन आवश्यक रहेकोमा पनि जोड दिन्छौं ।’

विद्युतीय कारोबार ऐनको अपब्याख्या गरिएको र दुरुपयोग भएको यस कानुनका ज्ञाताहरुले बताइरहेको सन्दर्भमा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित हुने गरी यसको प्रयोग नर्गन फिक्सनले राज्यका निकायलाई आग्रह समेत गरेको छ । थुनिएका प्रनेश गौतमको रिहाइको माग समेत फिक्सनले गरेको छ ।

Share.

About Author

Leave A Reply