‘प्रेमगीत ३’ लिड-मेल फाइनल : राजेश हमाल, प्रदीप खड्का, सन्तोष सेन हुँदै मनिष राउतसम्म

0

‘प्रेमगीत ३’ ले सबै लिड मेल तय गरेको छ । जसमा राजेश हमाल, प्रदीप खड्का, सन्तोष सेन र मनिष राउत छन् । लिड फिमेल अझै तय नभैसकेको जानकारी आशुसेन फिल्मसले दिएको छ ।

प्रदीप र डेब्यु ब्वाइ मनिष समानान्तर लिड मेलमा छन् । हमाललाई यी दुई पात्रको बुवाको रुपमा देख्न सकिन्छ । अंगद पात्रको रुपमा निर्देशक एवं निर्माता समेत रहेका सेन भिलेन हुनेछन् ।

चैत २८ गते फिल्म रिलिज हुँदैछ । निर्माताले डेब्यु अभिनेता राउत फिचर्ड केही फस्टलुक पोस्टर्स आउट गरेका छन् । फिल्मलाई सेन र छेतेन गुरुङले मिलेर निर्देशन गर्न लागेका हुन् ।

Share.

About Author

Leave A Reply