काठमाडौं अदालतद्धारा ‘भारत’को अन्तरिम आदेश निष्कृय, अन्य फिल्म शुक्रबार बाहेक पनि रिलिज हुनसक्ने

0

काठमाडौं जिल्ला अदालतले बलिउड फिल्म ‘भारत’ बुधबार नै रिलिज हुनुपर्ने माग राख्दै आफूद्धारा यसअघि जारी अन्तरिम आदेशलाई निस्कृय तुल्याएको छ । विपक्षी चलचित्र विकास बोर्डको स्पष्टीकरणबारे अदालतले यस्तो कदम चालेको हो ।

भारतको रिट मात्र खारेज भएकाले अन्य फिल्म भने शुक्रबारबाहेक पनि रिलिज हुनसक्छन् । न्यायाधीश रामकृष्ण शर्माको एकल इजलासले अर्को विपक्षी चलचित्र सेन्सर बोर्डको स्पष्टीकरण नआउँदासम्म मुद्दाको अन्तिम किनारा नलाग्ने फैसला गरेको छ ।

मूभिमान्डुसँग कुरा गर्दै बोर्ड वकिल तारा श्रेष्ठले यस्तो जानकारी दिए । ‘यसअघि भारतको रिलिजमा जारी स्टे अर्डरलाई प्यासिभ तुल्याइएको हो । शुक्रबारबाहेक फिल्म रिलिज गर्न चाहने पनि अदालत जान सक्नुहुन्छ’ उनले भने । वितरण कम्पनी व्यांकटेस इन्टरटेनमेन्टले सेन्सर र फिल्म दुबै बोर्डलाई विपक्षी बनाउँदै रिट दायर गरेको थियो । सेन्सर बोर्डको पत्रपछि मात्र अदालतले यसबारे फैसला गर्ने जनाएको छ ।

Share.

About Author

Leave A Reply