नयाँ बानेश्वरमा अर्को महिनादेखि मल्टिप्लेक्स संचालनमा आउँदै

0

अर्को महिनादेखि नयाँ बानेश्वरमा मल्टिप्लेक्स फिल्म हल संचालनमा आउने भएको छ । वान सिनेमाज् नाम दिइएको मल्टिप्लेक्समा दुई अडिटोरियम छन् र अत्याधुनिक सुविधा जडान गरिएको छ ।

आइप्लेक्स मल चाहिँ आंशिक रुपमा संचालनमा आउन सुरु गरिसकेको प्रमुख एवं फिल्म निर्माता प्रज्वल राणाले मूभिमान्डुलाई बताए । ‘फ्रेन्चाइज स्टाइलमा जाने भएकाले नाम पनि वान सिनेमाज् राखिएको हो’ उनले भने, ‘अर्को महिनादेखि संचालनमा आउनेछ ।’

दुबै अडिटोरियम गरेर ४२५ सिट क्षमता छ । बानेश्वरमा हल खुल्दा वरपरका स्थानियलाई सजिलो हुने आशा राणाको छ । पछिल्लो समय मल्टिप्लेक्समा जडित सबै प्रविधिलाई वान सिनेमाज्मा पनि राखिएको जनाइएको छ ।

Share.

About Author

Leave A Reply