‘जात्रै जात्रा’ निर्माताको नयाँ फिल्म ‘के घर के डेरा’, सुव्रत आचार्य निर्देशकमा फाइनल

0

‘जात्रै जात्रा’ले हलमा उछाल कमाइ गरिरहँदा यसका निर्माता सिंगे लामा भने नयाँ फिल्म निर्माणमा जुटेका छन् । उनले निर्माण गर्ने फिल्म ‘के घर के डेरा’लाई सुव्रत आचार्यले निर्देशन गर्ने भएका छन् ।

‘काठमाडौंमा डेरामा बसोबास गर्ने कथावस्तुमाथि फिल्म बन्न लागेको हो’ मूभिमान्डुसँग कुरा गर्दै निर्देशक आचार्यले भने, ‘सिचुएसनल कमेडी भएकाले दर्शकले इन्जोय गर्न सक्नुहुन्छ र यसमा सामान्य मानिसको कथा बुनिएको छ ।’

निर्माता सिंगे लामा (बायाँ) र निर्देशक सुव्रत आचार्य आइतबार काठमाडौंमा ।

दशैं अगाडिदेखि छायांकन सुरु हुने फिल्मको पटकथा आगत केसी र आचार्य मिलेर लेखिरहेका छन् । अधकट्टी र सुश्री सम्पत्तिपछि सुव्रतको यो तेस्रो फिल्म हो । यो फिल्मलाई पनि दर्शकले जात्रै जात्राजस्तो रुचाउने आशा निर्माताले लिएका छन् ।

Share.

About Author

Leave A Reply