अभिनेता राजेश हमालले फिल्म ‘प्रेगमीत ३’ नखेल्ने टुंगो लागेको छ । आइतबार बेलुका निर्माता कम्पनी आशुसेन फिल्मस र हमाल निकटवर्तीबीच छलफल भएको थियो ।
मूभिमान्डुसँग कुरा गर्दै हमाल निकट रोशन हमालका अनुसार राजेशले फिल्म नखेल्ने निर्णय गरेका हुन् । निर्माता सन्तोष सेनले पनि सेड्युल नमिलेको भन्दै फिल्म खेल्न हमालले नमानेको कुरा बताए ।
‘दुई महिनापछि अहिले आएर फिल्म खेल्दिन भन्नुभयो । यसलाई धोका भन्न सकिन्छ’ सेनले भने, ‘सेड्युल नमिल्ने कुरा पहिल्यै नै थाहा हुन्छ ।’ सेनले हमालको यस्तो स्टेपबारे असन्तुष्टि व्यक्त गरे ।
निर्माताले यसअघि नै हमाल फिल्ममा हुने र उनले नायकको बुवाको भूमिका गर्न लागेको बताएका थिए । ‘अब चाँडै नै यस रोलका लागि नयाँ क्यारेक्टर फाइनल गर्छौं’ सेनले भने ।