ज्याकी च्यानको सगरमाथा फिल्म ‘द क्लाइम्बर्स’ ट्रेलर रिलिज

0

ज्याकी च्यान स्टारर ‘द क्लाइम्बर्स’ले ट्रेलर रिलिज गरेको छ । फिल्मका स्टारहरुको उपस्थितीमा सांघाइ अन्तराष्ट्रिय फिल्म फेस्टिभलको क्रममा आइतबार बेलुका ट्रेलर देखाइयो ।

फिल्ममा चिनियाँ बक्सअफिस स्टार उ जिङ लिड रोलमा छन् । उनी अभिनित ‘उल्फ वारियर २’ र ‘वान्डरिङ अर्थ’ अहिले चिनियाँ बक्सअफिसका मेगा ब्लकबस्टर फिल्म हुन् ।

सन् १९६० मा उत्तरी मोहडाबाट सगरमाथा चढेका चिनियाँ आरोहीहरु वाङ फुजाउ, गोन्पो र छु विन्हाको वास्तविक जीवनमाथि फिल्म बनेको हो । चिनियाँ आरोहीको पहिलो एभरेस्ट सफलतालाई फिल्ममा देखाइएको छ ।

चिनियाँ नेता माओत्से तुङको मूर्ति सगरमाथा शिखरमा राखेर फर्किएका यी तीन पात्रले चढ्दै गरेका अन्य चार चिनियाँ आरोहीलाई गरेको उद्धारको कथा समेत ‘द क्लाम्बर्स’ले भन्छ । सेप्टेम्बर ३० मा फिल्म चिन रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply