‘प्रेमगीत ३’मा शिव श्रेष्ठ र सुनिल थापा

0

अभिनेताद्धय शिव श्रेष्ठ र सुनिल थापा ‘प्रेमगीत ३’मा अनुबन्धित भएका छन् । निर्माता सन्तोष सेनले यी दुईको अनुबन्धनलाई पुष्टि गरे ।

श्रेष्ठ मुस्ताङी राजाको भूमिकामा प्रस्तुत हुनेछन् । यसअघि यस रोलका लागि राजेश हमालको नाम चर्चामा थियो । अर्को महत्वपूर्ण भूमिकालाई थापा तय भएका छन् ।

सन्तोष सेन, मनिष राउत र प्रदीप खड्का अहिलेसम्म तय भएका अन्य कास्टिङ लाइनअप हुन् । लिड फिमेल तय छैन । चैत २८ गते रिलिज हुने फिल्मलाई सेन र छेतेन गुरुङले निर्देशन गर्न लागेका हुन् ।

Share.

About Author

Leave A Reply