इन्टरनेटमा प्रशंसा बटुल्दै ‘वीर विक्रम’, के छ युट्युव प्रतिक्रिया ?

0

‘वीर विक्रम’ हेरिसकेपछि अन्जना दादा कमेन्ट गर्छिन् : ‘जीवनमा पहिलोपटक यो फिल्मले रुवायो मलाई ।’ अर्की दर्शक जीना डाइहार्ट लेख्छिन् : सबै पात्रले राम्रो अभिनय गरेका छन् ।

यी प्रतिनिधि कमेन्ट हुन् । युट्युव रिलिजको तीन दिनमै मिलन चाम्स निर्देशित फिल्म नेपाली ट्रेन्डिङको दोस्रो स्थानमा छ । फिल्मले इन्टरनेट दर्शकबाट प्रशंसा बटुलिरहेको छ । प्रशंसाबाट निर्देशक चाम्स गदगद छन् ।

पहिलो स्थानमा रहेको दक्षिण भारतीय सिनेमा ‘बाहुबली’ ट्रेलरलाई उछिन्नेतर्फ वीर विक्रम अग्रसर छ ।

यसवर्षको सुपरहिट फिल्म शुक्रबार भिडियो साझेदारी साइट युट्युवमा रिलिज भएको थियो । लाइट कमेडी र प्रेमकथा प्रस्तुत गर्ने फिल्मलाई विदेशबाट रुचाउनेको संख्या युट्युवमा बढ्दो छ । धेरैले अभिनय र कथालाई निकै रुचाएका छन् ।

दयाहाङ राई, अर्पण थापा, दीया पुन, अनुपविक्रम शाही अभिनित सिनेमालाई ग्रामिण सेटमा छायांकन गरिएको छ । लन्डन, हङकङ लगायतमा गरिएको प्रिमियरमा समेत निकै प्रशंसा मिलेको थियो । चाम्स निर्देशित ह्याप्पी डेज र ब्लाइन्ड रक्स सम्पादन टेबुलमा व्यस्त छन् ।

हेर्नूस पूर्ण सिनेमा :

Share.

About Author

Leave A Reply