‘एभेन्जर्स : एन्ड गेम’ रि-रिलिज हुँदै, नयाँ दृश्य र प्लट हेर्न पाइने

0

यतिबेला पैसा कमाउने दौडमा छ ‘एभेन्जर्स : एन्ड गेम’ । जेम्स क्यामरुनको ‘टाइटानिक’लाई उछिनेपछि यसको आँखा ‘अवतार’को विश्व कमाइतर्फ सोझिएको छ । कठिन पनि छ यसका लागि ।

तर, ‘एभेन्जर्स : एन्ड गेम’को गति कम भएको चाहिँ छैन । निर्माता कम्पनी डिज्नेका अनुसार नयाँ फुटेजसहित ‘एभेन्जर्स : एन्ड गेम’ फिल्म हलमा पुनः रिलिज तयारीमा छ ।

फिल्मको लम्बाइ ३ घन्टा भएकाले कति बढ्ने वा घट्ने भन्ने बारे डिज्नेले मुख खोलेको चाहिँ छैन । ‘मार्केटिङ रणनीति अनुसार फिल्मको लम्बाइ नबढ्ने गरि अन्त्यतिर नयाँ फुटेज हाल्न लागिएको हो’ मार्भल स्टुडियो अध्यक्ष केभिन फिजले हलिउड रिपोर्टरलाई भने, ‘अन्त्यमा केही डिलेट गरिएका दृश्य देख्नुहुनेछ । केही सरप्राइज र ट्रिब्युटसहित ।’

उत्तर अमेरिकामा अर्को साता रि-रिलिज गर्न लागिएको भएपछि नेपाल र भारतमा भने यसबारे टुंगो छैन । एन्डगेमले ‘टाइटानिक’को १.२ बिलियन अमेरिकी डलरको कीर्तिमानलाई उछिनेको थियो ।

Share.

About Author

Leave A Reply