फिल्म ‘साइनो’को दोस्रो गीत ‘कुन मायाको साइनो’ इन्टरनेट रिलिज भएको छ । एलिस कार्कीको कम्पोज रहेको गीतमा प्रताप दास र जिना रसाइलीको स्वर छ ।
मिरुना मगर, राज कुमार र नीता ढुंगाना भिडियोमा फिचर्ड छन् । साउन २४ गते रिलिज हुने फिल्मलाई रमेश थापाले निर्देशन गरेका हुन् । चन्द्रविनायक फिल्म प्रोडक्सन ब्यानरमा फिल्म बनेको हो ।
यसैबीच, फिल्मले यही गीतमाथि टीकटक प्रतियोगिता आह्वान गरेको छ । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५०, ३० र २० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।