पाँच फिल्मद्धारा रिलिज डेट घोषणा : सिनेमा क्यालेन्डर

0

यस्तो लाग्दैछ भदौ हेभिवेट सिनेमाहरुको भीडन्त महिना हुनेछ । व्यवसायिक अपेक्षा गरिएका केही प्रोजेक्टले यस महिनाका चार शुक्रबारलाई बुकिङ गरे ।

‘ग्याङस्टर ब्लुज’ भदौ २, अनमोल केसी स्टारर ‘कृ’ भदौ ८, निश्चल बस्नेतको ‘२ रुपैयाँ’ भदौ ३० तय भएका छन् । ‘छक्का पन्जा २’ असोज ११ फाइनल छ ।

‘फाटेको जुत्ता’ले भदौ २३ लाई रिलिज मिति निश्चित गरेको थियो । तर, पपकर्न पिक्चर्सकै ‘२ रुपैयाँ’ले उक्त मितिमा आउने घोषणा गरेपछि ‘फाटेको जुत्ता’ अब कात्तिक १७ मा रिलिज हुनेछ ।

साउन १३ मा अर्को प्रतीक्षित सिनेमा ‘प्रेमगीत २’ रिलिज हुँदैछ । ‘धनपति’ असार २३ मा रिलिज हुनेछ । एकअर्कामा जुध्ने, राजनीतिक घटनाक्रम लगायतले रिलिज डेट तलमाथि भैराखेका छन् ।

Share.

About Author

Leave A Reply