‘घर’ रिलिज काउन्टडाउन : बक्सअफिसमा रुचाइन सक्छ हरर

0

‘एनाबेल’ र ‘कन्जुरिङ’ सिरिज ग्लोबल बक्सअफिसमा पैसा छाप्ने हरर फिल्ममध्ये पर्छन् । स्टेफन किङको ‘इट’ सबैभन्दा बढी कमाउने हरर पर्छ जसले ७ सय मिलियन डलर कमायो ।

नेपालमै गतवर्ष रिलिज भएको अर्पण थापा निर्देशित ‘सुनकेशरी’ले राम्रै पैसा छाप्यो तर समिक्षात्मक कोणबाट भने मिश्रित रिभ्यू । उनै थापा यतिबेला दोस्रो निर्देशकीय हरर ड्रामा ‘घर’ लिएर फर्किएका छन् ।

हरर जनरका फिल्मको मुख्य विशेषता भनेकै त्रास बेच्नु हो । आत्मा र भूतलाई प्रधान ठान्ने नेपाली कन्जरभेटिभ समाजमा डर विक्री हुन्छ । दर्शकको यो डरलाई नेपाली फिल्मले पनि ‘हरर ड्रामा’बाटै इन्टरटेन दिलाउन थालेका छन् ।

काउन्टडाउन सुरु भएको छ र ट्रेलरले राम्रै प्रतिक्रिया बटुलेको छ । सुरक्षा पन्तको अभिनय बलशाली लाग्छ ट्रेलरमा । अर्पण स्वयम अभिनेता हुन् फिल्ममा । निर्देशकको रुपमा यसपटक उनले सिचुएसनल हरर मुड सिर्जन गर्न प्रयत्न गरेका छन् ।

साउन ३ गते रिलिज हुने फिल्मलाई शर्मिला पाण्डेले निर्माण​ गरेकी हुन । डीएस डिजिटल ब्यानरमा फिल्म निर्माण भएको हो ।

Share.

About Author

Leave A Reply