क्लिन फिडको प्रभाव मल्टिप्लेक्समा पनि

0

क्लिन फिड लागु गर्ने सरकारी प्रस्तावको पक्षमा नागरिकदेखि कलाकारको समर्थन मिलेको छ । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, निर्मल शर्मा लगायत कलाकार टिभी च्यानलमा विदेशी विज्ञापन प्रसारण हुनुहुँदैन भन्ने पक्षमा उभिएका हुन् ।

फेसबुक र ट्वीटर जनमत क्लिन फिडको पक्षमा देखिएको छ भने डीटीएच अपरेटर र केबुल व्यवसायी महासंघ पक्षमा छन् । केबुल व्यवसायीले बितेको २४ घन्टामा सबै विदेशी च्यानलको प्रसारण अबरुद्ध गरेका थिए ।

टिभीमात्र हैन, नेपाली फिल्म हलमा समेत विदेशी विज्ञापन बज्छ जुन सुरुमा टिभीमै प्रसारण हुने गर्छ । क्यूएफएक्स लगायतका मल्टिप्लेक्सले एजेन्सीले पठाउने विदेशी विज्ञापन समेत हलमा देखाउँछन् । अन्य मल्टिप्लेक्सले पनि एजेन्सीमार्फत विज्ञापन प्रदर्शन गर्छन् ।

नेपाल विज्ञापन संघ (आन)ले क्लिन फिडभित्र विदेशी विज्ञापन पनि रोक्ने माग गरेको चार वर्ष भयो । त्यो मागलाई नीतिकै रुपमा अगाडि बढाउँदा फिल्म हलमा पनि डबिङ वा विदेशी विज्ञापन देखाउन पाइँदैन ।

यदि क्लिन फिड लागु भए त्यसको प्रभाव नेपाली फिल्म हलमा स्पष्ट पर्ने विज्ञापन निर्माताहरुको भनाइ छ । विदेशी विज्ञापन देखाउनु हुँदैन भन्ने दबाब हल लगायतका थलोमा पनि पर्ने बुझाइ उनीहरुको छ ।

Share.

About Author

Leave A Reply