निर्देशक एरिक भ्याली नेपाल भ्रमण वर्ष २०२० का सद्भावना दूतमा नियुक्त

0

अस्कर अवार्ड मनोनित नेपाली फिल्म ‘क्याराभान’ निर्देशक एरिक भ्यालीलाई सरकारले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतको रुपमा नियुक्त गरेको छ ।

भ्रमण वर्षका संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यले मूभिमान्डुसँग यसलाई पुष्टि गरे । उनका अनुसार पर्यटक आकर्षित गर्न साता लामो अन्तराष्ट्रिय फिल्म फेस्टिभल पनि आयोजना गरिने भएको छ ।

फेस्टिभलको जिम्मा भ्यालीलाई दिने तयारी छ । फ्रान्सेली निर्देशक भ्याली ‘क्यारभान २’ तयारीमा छन् । पर्यटन बोर्डका अनुसार क्यारभानले उपल्लो डोल्पामा विदेशी पर्यटकको संख्यामा वृद्धि गरेको थियो ।

Share.

About Author

Leave A Reply