मिस नेपालद्धारा आवेदन खुला (आवेदन फर्मसहित)

0

हिडन ट्रेजरले नयाँ मिस नेपालका लागि आवेदन खुला गरेको छ । सोमबार आयोजित प्रेसमिटमा काठमाडौं, पोखरा, चितवन, धरान र धनगढीमा अडिसन आयोजना गर्ने जनाइयो ।

उक्त अवसरमा मिस नेपाल अस्मी श्रेष्ठ, मिस अर्थ रोसनी खत्री, मिस एसिया प्यासिक इन्टरनेसनल अंशु केसीले अनुभव सुनाए । मिस नेपाल २०१७ को लागि विभिन्न सहरमा अडिसन गरिने जानकारी हिडन ट्रेजरका गोपाल कक्षपतिले दिए ।

प्रतियोगितामा १९ देखि २४ वर्षसम्मका ५.४ फिटदेखि माथि उचाइ भएका अविवाहित युवतीले भाग लिन पाउनेछन् । इच्छुकले चैत ३१ भित्र हिडन ट्रेजर कार्यालय कुपण्डोलमा आवेदन दिन सक्ने भएका छन् । आवेदन फर्म मिस नेपालको वेबसाइटमा उपलब्ध छ ।

प्रेसमिटमा बोल्दै मिस नेपाल श्रेष्ठले समाजसेवाको कार्यलाई जारी नै राख्ने बताइन् । उनले मिस वल्र्डका अनुभव सुनाउँदै टप फाइभमा आउनु पनि ठूलै उपलब्धी रहेको बताइन् ।

आवेदन फर्म लिंकमा क्लिक गरि डाउनलोड गर्न सक्नुहुन्छ :

Share.

About Author

Leave A Reply