‘फास्ट एन्ड फ्युरियस ९’ सुटिङ सुरु

0

बहुप्रतीक्षित हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस ९’ छायांकन सुरु भएको छ । निर्माता एवं अभिनेता भिन डिजेलले एक भिडियो जारी गर्दै पहिलो दिनको छायांकन सकिएको जनाए ।

प्रिक्वेल ‘हब्स एन्ड स’ रिलिजको केही साताअघि ‘फास्ट एन्ड फ्युरियस’ सुटिङमा गएको हो । नवौं श्रृंखलाको रिलिज मिति चाहिँ सन् २०२० लाई घोषणा गरिएको वितरण कम्पनी युनिभर्सल पिक्चर्सले जनाएको छ ।

भिडियोमा सुटिङ सेटमा डिजेललाई को–एक्ट्रेस मिसेल रोड्रिग्युजसँग देख्न सकिन्छ । मिसेलले फिल्ममा चाहिँ भिन डिजेलको पात्र डोमिनिक टोरेटेको पत्नीको भूमिकामा अभिनय गरेकी छन् ।

इन्स्टाग्राममा पोस्ट गरिएको भिडियो क्याप्सनमा लेखिएको छ : ‘हामीले पहिलो दिन पुरा गरेका छौं । चमत्कार जस्तै महसुस भएको छ ।’

Share.

About Author

Leave A Reply