शनिबार ‘आप्पा’ पर्फमेन्समा सुधार, मल्टिप्लेक्स-सिंगल दुबै सुखद

0

दार्जिलिङ ड्रामा आप्पा अहिले नेपाली फिल्म हलमा प्रदर्शनरत छ । बाबुछोराको कथा पेश गर्ने फिल्ममा दयाहाङ राई, तुलसी घिमिरे, सिद्धान्त तामाङ लगायत मुख्य भूमिकामा छन् ।

फिल्मलाई मिश्रित समिक्षा प्राप्त छ । शुक्रबार ओपनिङ सन्तोषजनक भएपनि शनिबार फिल्मले मल्टिप्लेक्स र एकल पर्दामा ७० प्रतिशतसहितको प्रदर्शन गरेको विवरण छ ।

‘मल्टिप्लेक्सले उपलब्ध गराएका सबै सोज शनिबार सुखद रहे’ फिल्मका मिडिया संयोजक दिनेश सिटौलाले मूभिमान्डुसँग भने, ‘प्लेक्स मात्र हैन, सिंगल स्क्रिनमा समेत शनिबार फिल्मले राम्रो पर्फमेन्स गरेको छ ।’

आइतबारदेखिको पर्फमेन्स महत्वपूर्ण हुनेछ । क्रिटिक्सले यसलाई मिश्रित बताएका छन् । विकडेज प्रदर्शन ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । आप्पा भारतमा भने जुन ५ मा रिलिज हुने भएको छ ।

अनमोल गुरुङ निर्देशित फिल्मले एडप्टेड बच्चालाई माया दिन बाबुले गरेको संघर्ष पेश गर्छ । दयाहाङ राईले बिर्खे नामक जीप चालकको भूमिका गरेका छन् । तुलसी घिमिरेलाई इसाइ पादरीको रोलमा देख्न सकिन्छ । पब्लिसिटीमा घिमिरेको रोललाई लुकाइएको थियो । फस्ट टायरका हलमा फिल्म राम्रो चलेको विवरण छ ।

Share.

About Author

Leave A Reply