वासिङटनमा नेपाल-अमेरिका फिल्म फेस्टिभल सुरु

0

नेपाल–अमेरिका इन्टरनेसनल फिल्म फेस्टिभल शनिबारदेखि अमेरिकाको राजधानी वासिङ्टन डिसीमा सुरु भएको छ । शनिबार साँझबाट सुरु भएको फेस्टिभलमा ३४ फिल्म प्रदर्शन हुनेछन् ।

महोत्सवमा नेपाली पानोरामाअन्तर्गत नेपाल र नेपाली परिवेशमा बनेका नेपाली तथा विदेशी निर्देशकका फिल्म देखाइने छ भने अन्तर्राष्ट्रिय पानोरामा अन्तर्गत उत्कृष्ट अन्तर्राष्ट्रिय कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्र, एनिमेसनका सबै विधाका फिल्म देखाइने महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए ।

उद्घाटन समारोहमा विनोद पौडेलद्धारा निर्देशित चलचित्र ‘बुलबुल’ प्रिमियर गरिएको छ । तीन दिनसम्म चल्ने फेस्टिभल प्रविन सेङ्बोद्धारा निर्देशित ‘कथा ७२’ को विशेष प्रदर्शनसँगै समापन गरिने छ ।

फेस्टिभलका मानार्थ अध्यक्ष नवीन सुब्बाका अनुसार फेस्टिभलले नेपाली समाजलाई कसरी जोड्ने भन्ने विषयमा छलफल गरिने छ ।

नेपाल अमेरिका फिल्म सोसाइटीद्धारा आयोजना भएको यो महोत्सवमा निर्देशक मीनबहादुर भाम जुरी प्रमुख रहेका छन् भने ‘ल जोला फेसन फिल्म फेस्टिभलकी रेबेका बुस्टामिना र एमी अवार्ड विजेता समेत लेखक तथा निर्मात्री मिमि मचाडो लुसेस् रहेकी छन् । महोत्सवमा उत्कृष्ट चलचित्रलाई अवार्ड तथा सम्मान प्रदान गरिने छ ।

Share.

About Author

Leave A Reply