वेब सिरिज निर्माण-निर्देशनमा प्रियंका, सृष्टि–प्रियंका फिचर्ड पोस्टर आउट

0

अभिनेत्री, गायिका र मोडल प्रियंका कार्कीको करियरमा दोस्रो इनिङ्स सुरु हुँदैछ । उनले वेब सिरिज निर्माण एवं निर्देशनको घोषणा गरेकी छन् जसले समलिंगी प्रेमको कथा भन्छ ।

प्रियंकाले आफ्नै कम्पनी प्रिंकलेबल पिक्चर्सबाट सिरिज निर्माण गर्न लागेकी हुन् । जसको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा प्रियंका र सृष्टि श्रेष्ठ फिचर्ड छन् । समलिंगी प्रेमको चित्रण जारी तीन पोस्टरले गर्छ ।

‘जस्ट एनदर लभस्टोरी’ नामक सिरिजको पहिलो एपिसोड आगामी गाइजात्रको छेकोमा १६ अगस्टमा स्ट्रिमिङ हुनेछ । यसलाई सिजन १ भनिएको छ । प्रियंकाले यसका लागि आगामी साता आफ्नै युट्युव च्यानल लन्च गर्दैछिन् । उक्त डेटमा प्राइड परेड हुने भएकाले सान्दर्भिक हुने उनको ठम्याइ छ ।

१५ देखि १८ मिनेटसम्मका आठवटा एपिसोड सुरुमा निर्माण गर्ने लक्ष्य छ । ‘यो मेरो पहिलो निर्माण र निर्देशकीय डेब्यु हुनेछ’ प्रियंकाले भनिन्, ‘यो सिरिज मित्रता र प्रेमबारे हुनेछ ।’ मुख्यतः समलिंगी मुद्दालाई सम्बोधन गर्नको उद्देश्यले सिरिज बनाउन लागिएको हो ।

Share.

About Author

Leave A Reply