अस्कर अवार्डले बदल्यो नेपाल छनौट समितिको नाम

0

अस्कर अवार्डले विदेशी भाषी फिल्म छनौट समितिको नाममा परिवर्तन गरेको छ । नेपालस्थित समितिलाई पत्र लेख्दै एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजले त्यसको ठाउँमा ‘इन्टरनेसनल फिचर फिल्म सेलेक्सन कमिटी’ नामाकरण गरेको छ ।

अस्करको नेपाल समिति महासचिव चिरन्जीवि गुरागाइँले नाम परिवर्तन र विमल पौडेल नेतृत्वको कार्यसमितिलाई यसवर्ष निरन्तरता दिइएको पत्र प्राप्त भएको जनाए ।

अस्करको अफिसियल वेबसाइटमा पनि ‘फरिन ल्यांग्वेज फिल्म’को ठाउँमा ‘इन्टरनेसनल फिचर फिल्म’ राखिएको छ । ‘विश्व फिल्म समुदायमा विदेशी भन्ने शब्द मिति गुज्रिएको भैसक्यो’ फिचर फिल्म समितिका सह–अध्यक्षद्धय ल्यारी काराजवेस्की र डायने वायरम्यानले भनेका छन् ।

नाम बदलिएपनि नियममा भने परिवर्तन नगरिएको उनीहरुले जनाएका छन् । संयुक्त राज्य अमेरिकाबाहिर निर्माण भएको र अंग्रेजी भाषाको प्रयोग निकै कम भएको फिल्मलाई अन्तराष्ट्रिय फिचर फिल्मको रुपमा उनीहरुले परिभाषित गरेका छन् ।

आउँदो वर्ष अन्तराष्ट्रिय फिचर फिल्म विधामा १० फिल्मको मनोनयन हुनेछ । नेपाल समितिले आगामी अक्टोबरमा आगामी संस्करणलाई फिल्म सिफारिस गर्ने कार्यतालिका छ ।

Share.

About Author

Leave A Reply