‘जात्रै जात्रा’ बक्सअफिस : ५१ दिन + मल्टिप्लेक्स = ७.७० करोड ग्रस

0

५१ दिनसँग धार्मिक र सांख्यिक मूल्यको हिन्दु अवधारणा जोडिएको छ । प्रायः यही अंकगणितको छेकोमा कर्मकाण्ड गरिन्छ । फिल्म ‘जात्रै जात्रा’ले प्रदर्शनको ५१ दिन सेलिव्रेट गरेको छ ।

पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा आयोजित समारोहमा निर्माताले भव्य भोज दिए र सहयोगी हातलाई पुरस्कृत गरे । मल्टिप्लेक्समा आक्रामक चलेको फिल्मले ५१ दिनसम्म ७ करोड ७० लाख नेरु ग्रस कमायो । यसलाई लाइफटाइम भन्दा हुन्छ ।

जात्राका दुबै सिरिज व्यवसायिकरुपमा सफल रहे । समिक्षात्मक कोणमा प्रिक्वेलभन्दा सिक्वेलले अपेक्षित रिभ्यू बटुलेन यद्यपी, दर्शकले रुचाए । प्रदीप भट्टराई निर्देशित जात्रै जात्राले हराएको सुन खोज्न पात्रले गर्ने भागदौडको कथा भन्छ ।

Share.

About Author

Leave A Reply