‘कबड्डी ३’ टीजर ट्रेलर पटाक्षेप : प्रेममा जब जात घुस्छ

0

फिल्म ‘कबड्डी’ले तेस्रो श्रृंखलाको टीजर ट्रेलर लन्च गरेको छ । निर्देशक टीजर निर्माणमा स्पोइलरबाट जोगिन खोजेजस्तो देखिएपनि यसले केही द्धन्द्धहरु पटाक्षेप गरिदिएको छ ।

फिल्म दयाहाङ राई र उपासना ठकुरीबीचको प्रेम सम्बन्ध वरपर फन्को मार्ने जस्तो देखिन्छ । किनभने यी दुईबीचको सम्बन्ध स्थापना टीजरले गरिदिएको छ । स्याउ बारीमा भेटाएकी केटीलाई जिपको छतमा हालेर भगाउने दयाहाङ चरित्र चित्रण यसमा छ ।

दुई मुख्य पात्र कर्म र मैंयालाई टीजर ट्रेलरमा लुकाइएको छ । आर्यन युवती उपासना र मंगोलियन युवक दयाहाङको रोमान्टिक रिलेसनसिप कबड्डी तेस्रो श्रृंखलाको कथावस्तु हो । यस प्रेममा जातिय मसला घुसाइएको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्म टीजरमा माओत्से गुरुङ, पुस्कर गुरुङ, विजय बराल समेत टीजरमा फिचर्ड छन् । भदौ १३ गते रिलिज मिति तोकिएको कबड्डी यसवर्षको प्रतीक्षित फिल्ममध्ये पर्छ ।

Share.

About Author

Leave A Reply