‘लोगन’ र ‘कङ स्कुल आइल्यान्ड’ले नेपालमा कति कमाए ?

0

यसपटक हलिउड सिनेमाले नेपाली बक्सअफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बरु, बलिउडले आफूलाई नेपाली बक्सअफिसमा स्थापित तुल्याउन सकेन ।

‘लोगन’ र ‘कङ स्कुल आइल्यान्ड’को व्यवसायिक प्रदर्शन नेपाली बक्सअफिसका लागि उत्कृष्ट हो । सीमित दर्शक, मल्टिप्लेक्स पर्दा र अंकगणितको आधारमा हलिउडको कमाईलाई उत्कृष्ट मान्नुपर्छ ।

‘लोगन’ले झन्डै तीन सातामा ८७ लाख ग्रस कमाएको छ । ११ पर्दाबाट ह्युग ज्याकम्यान स्टारर फिल्मले उक्त कमाइ गरेको हो । ‘कङ : स्कुल आइल्यान्ड’ले ४ दिनमा २३ लाख ग्रस कमाएको छ ।

‘बद्रीनाथकी दुल्हनियाँ’ सफल रहेन । अबको नेपाली बक्सअफिसमा हलिउड आँखा शुक्रबार रिलिज हुने ‘ब्युटी एन्ड द बिस्ट’मा टिकेको छ । विश्व बक्सअफिसमा अब्बल प्रदर्शनरत फिल्मका विश्वसनिय दर्शक यसको पर्खाइमा छन् ।

Share.

About Author

Leave A Reply