सार्कमा नेपालले जित्यो दुई अवार्ड : अविनाशको ‘टाटिनी’ र स्वस्तिमा उत्कृष्ट

0

सार्क फिल्म फेस्टिभलमा नेपालले दुई अवार्ड जितेको छ । ‘बुलबुल’बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री विधामा स्पेसल जुरी अवार्ड जितिन् । अविनाश विक्रम शाहको ‘टाटिनी’ले स्पेसल मेन्सन अवार्ड जित्यो ।

‘बुलबुल’ र ‘प्रसाद’ कम्पिटिसन विधामा थिए । छोटो फिल्ममार्फत टाटिनी र मनोजबाबु पन्तको अवशेष पनि प्रतिस्पर्धामा थिए । यो खबरलाई चलचित्र विकास बोर्डले पुष्टि गरेको छ ।

स्वस्तिमालाई अवार्ड दिँदै जुरीले भनेका छन् : पीडा र रिसलाई निकै राम्रोसँग बाहिर ल्याएकी छिन् । भौतिक पीडा र भावनालाई सन्तुलन मिलाएर गरिएको अभिनय प्रशंसनीय छ ।’

साथै, टाटिनीप्रति जुरीको टिप्पणी छ : वैवाहिक स्वीकार्यता, अधिकार र सम्मानजस्ता सामाजिक मूल्य र परम्परालाई निकै सुन्दर ढंगबाट चित्रण गरिएको छ ।

यसपटक सार्कमा अर्को नेपाली फिल्म ‘हरि’ गैरप्रतिस्पर्धात्मक विधामा देखाइएको थियो । फेस्टिभलमा भाग लिन ‘प्रसाद’ निर्देशक दिनेश राउत र ‘बुलबुल’ अभिनेत्री खड्कालाई विकास बोर्डले कोलम्बो पठाएको थियो ।

Share.

About Author

Leave A Reply