स्पाइडरम्यानलाई नेपालमा तीन दिनमा करोड

0

स्पाइरम्यानको पछिल्लो श्रृंखलाले नेपाल बक्सअफिसमा आक्रामक ओपनिङ गरेको छ । एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले पहिलो सप्ताहन्त १ करोड नेरु ग्रसको आँकडा पार गरेको छ ।

पहिलो दुई दिनमै फिल्मले ७० लाख ग्रस कमाएको थियो । क्यूएफएक्स, बिग मूभिज, पोखरा मल्टिप्लेक्स लगायतमा हलिउड सुपरहिरो फिल्म उच्च अकुपेन्सीसहित प्रदर्शन भैरहेको छ ।

टम हल्यान्डको मुख्य भूमिका रहेको फिल्मको हाइप पहिलेदेखि नै नेपाली दर्शकमाझ थियो । खासगरि, ‘एभेन्जर्स : एन्ड गेम’पछि दर्शकले फिल्म हेर्न चाहेका थिए । एन्डगेमकै कथावस्तुको कारणले पनि केही दर्शकले मल्टिप्लेक्समा दोहोराएर फिल्म हेरिरहेका छन् ।

Share.

About Author

Leave A Reply